बागलुङ समपोखरा ताललाई प्रचारप्रसार र संरक्षणको अभाव
काठमाडाैं | पुस २३, २०७९
बागलुङ: बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्।
हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महत्व बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन।
संरक्षण गर्न नसक्दा ताल पुरिएर विगतको क्षेत्रफल घट्दै जान थालेको स्थानीय जयबहादुर दर्जीले बताउनुभयो। ताल ५० मिटर लम्बाइ र १५ मिटर चौडाइ क्षेत्रमा फैलिएको छ। विगतमा उक्त ताल अझै ठूलो क्षेत्रमा फैलिएको थियो। बर्खाको भेलले ल्याउने माटो ढुङ्गाले तालको गहिराइ पनि पुरिएको दर्जीले बताउनुभयो।
उहाँले भन्नुभयो, “पहिले–पहिले तालले एक मान्छे डुब्याउँथ्यो, अहिले भल जति सबै यसमा पर्दा कम्मरसम्म पानी आउँछ।” समपोखरा ताल तल्लो बस्तीका लागि पानी मूलको रिचार्ज सेन्टर (पुनर्भरण केन्द्र) हो। तालमा पानी कम हुँदा ताल तल रहेका पानीका मूल सुक्ने तथा पानी कम आउने गरेको स्थानीय सन्तबहादुर खत्रीको भनाइ छ। ताल समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ। समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो हो। गलकोट मन्दिरदेखि दुई किलोमिटरको दूरीमा रहेको ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो।
तालको मौलिकता नमासिने तथा मूलमा क्षति नपुग्ने गरी त्यसको क्षेत्रफल वृद्धि तथा संरक्षणका लागि आवश्यक संरचना तयारको योजना बनाएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। उक्त तालमा पानीको स्रोत तालभित्रैकै मूल हुन्। “यो प्रकृतिको अनुपन उपहार हो,” वडाध्यक्ष खत्रीले भन्नुभयो, “कृत्रिम तालमा रमाउने पर्यटकलाई प्राकृतिक ताल देखाउने योजना छ। राज्यले प्राकृतिक सम्पदाको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
यस क्षेत्रमा माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो। द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्रीले बताउनुहुन्छ। समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ। परापूर्वकालमा यस क्षेत्रमा देवीदेवताको आश्रयस्थल रहेको स्थानीय बताउँछन्।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

